मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिले शुभ साइतमा लगाए टीका: अहिले विशिष्ठ ब्यक्ती र सर्वसाधारणलाई लगाइदिदै

राष्ट्रपतिले शुभ साइतमा लगाए टीका: अहिले विशिष्ठ ब्यक्ती र सर्वसाधारणलाई लगाइदिदै

images
२०८१ आश्विन २६ गते, शनिवार
२०८१ आश्विन २६ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा दशैंको टीका ग्रहण गरेका छन। 

    images

    राष्ट्रपति पौडेलले यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद शनिबार बिहान ११:३६ को शुभ साइतमा  राष्ट्रपति कार्यालय शीतल निवासमा ग्रहण गरेका हुन।

    images

    सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ : ३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ : ३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ : ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छ्न।

    साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । 
    यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छ्न ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend