मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सार्कका २ सहित ११ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाईंदै, सूचीमा कुनकुन देश?

सार्कका २ सहित ११ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाईंदै, सूचीमा कुनकुन देश?

images
२०८१ चैत्र २ गते, शनिवार
२०८१ चैत्र २ गते, शनिवार
  • काठमाडौं। अमेरिकामा ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची तयार गर्दै गरेको समाचार द न्यु योर्क टाइम्सले लेखेको छ। प्रस्तावमा भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ।

    images

    यस सूचीमा सार्कका २ देश अफगानिस्तान र भुटानसहित क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन्।

    images

    यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन्।

    यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन्।

    यसैगरी यस सूचीमा डोमिनिका, एक्वेडोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी, माली, मोरिटानिया, सेन्ट किटस एन्ड नेबिस, सेन्ट लुसिया, साओ तोमे एन्ड प्रिन्सिपे, भानुताउ र जिम्बावेलाई पनि ६० दिनभित्र चासो सम्बोधन नगरे यात्रा प्रतिबन्ध लगाइने सूचीमा राखिएको छ।

    टाइम्सले ट्रम्प प्रशासनको एक अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित सूचीमा संशोधन हुनसक्ने उल्लेख गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend