मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंबाट बाहिरिए १३ लाख यात्रु : सुनसान छ सडक

काठमाडौंबाट बाहिरिए १३ लाख यात्रु : सुनसान छ सडक

images
२०८१ आश्विन २५ गते, शुक्रवार
२०८१ आश्विन २५ गते, शुक्रवार
  • काठमाडौं। दशैँका लागि यस वर्ष १३ लाख यात्रुले काठमाडौं छाडेका छन्।

    images

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार विभिन्न नाका हुँदै यस वर्ष करिब १८ लाख यात्रु स्थलमार्ग हुँदै काठमाडौंबाट बाहिरिएका हुन्। यो संख्या गत वर्षको भन्दा करिब पाँच लाख कम हो।

    images

    गत वर्ष स्थलमार्ग हुँदै काठमाडौंबाट दशैँका लागि करिब १८ लाख यात्रु बाहिरिएका थिए। तर यस वर्ष बाढी तथा पहिरोका कारण अघिल्लो वर्ष भन्दा काठमाडौं छाड्नेको संख्या घटेको हो। सो संख्या शुक्रबार साँझसम्मको हो।

    काठमाडौंबाट बाहिरिने मुख्य राजमार्गहरु बाढी तथा पहिरोका कारण अबरुद्ध भएपछि यसपटक काठमाडौंबाट बाहिरिने यात्रुको संख्या घटेको महासंघको अनुमान छ।

    महासंकका अध्यक्ष विजय स्वारले बाढी तथा पहिरोका कारण अनुमान गरिएभन्दा धेरै कम यात्रु काठमाडौंबाट बाहिरिएको बताए।
    ‘हामीले १५ देखि १८ लाख यात्रु बाहिरिने अनुमान गरका थियौं, तर धेरैले सडकको अवस्थाका कारण काठमाडौं छाडेनन्, करिब १३ लाखले मात्रै काठमाडौं छाडेको तथ्यांक आएको छ,’ स्वारले भने।

    अघिल्लो वर्ष भन्दा संख्यात्मक हिसाबले कम मानिस बाहिरिए पनि काठमाडौंको सडक भने शुक्रबार सुनसान देखिएको थियो। देशभर दशैँको उल्लास यसपटक अघिल्ला वर्षहरुमा जस्तो देखिएको छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend