मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

images
२०८१ आश्विन २५ गते, शुक्रवार
२०८१ आश्विन २५ गते, शुक्रवार
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडा दशैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन एवम्  पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन। 

    images

    सो अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन। 

    images

    आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडा दशैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा अर्चनाको लागि भक्तजनको घुइँचो लागेको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend