मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शेष घलेको अपील : एनआरएन एकता महाधिवेशनमा सहभागी भएर योगदान गरौं

शेष घलेको अपील : एनआरएन एकता महाधिवेशनमा सहभागी भएर योगदान गरौं

images
२०८१ फाल्गुण २९ गते, बिहिवार
२०८१ फाल्गुण २९ गते, बिहिवार
  • सिड्नी। गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन्।

    images

    घलेले आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका हुन्।

    images

    कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिड्नीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा. घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए।

    "गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो। अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो। त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो," घलेले भने।

    नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठक बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भै रहेको पनि उनले जानकारी दिए।

    "तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न दुई- दुई पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ। हामीले निकै असहज परिस्थितिमा पनि महाधिवेशनको तयारी गरिरहेका छौं। म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ," उनले भने।

    उच्चस्तरीय समितिका अध्यक्ष डा. घलेले आफुहरुको जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए।

    "यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण  गर्नका लागि दरिलो ढांचा बनाउने अवसर पनि हो। यो महाधिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन्। नयाँ विधान बनाउन पाउँछन्। यस्तो अवसर फेरी आउंदैन। त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध गर्दछु," घलेले भने।

    उनले तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरे। अध्यक्ष घलेले ३१ मार्च २०२५ भित्र सदस्यता लिएर अप्रिल महिनाभित्र प्रतिनिधिका लागि नाम दर्ता गराउन र मे ३, ४ र ५ मा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध पनि गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend