मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वर्षमा एक दिन मात्रै खुल्ने त्यो मन्दिर : जहाँ आज भीडभाड छ

वर्षमा एक दिन मात्रै खुल्ने त्यो मन्दिर : जहाँ आज भीडभाड छ

images
२०८१ आश्विन २५ गते, शुक्रवार
२०८१ आश्विन २५ गते, शुक्रवार
  • काठमाडौं। काठमाडौंमा एउटा यस्तो मन्दिर छ, जुन बडा दशैँ अन्तर्गत नवमीका दिनमा मात्रै खुल्ने गर्छ । धेरैलाई थाहानभएको यो मन्दिर काठमाडौंको मुटु हनुमानढोका वसन्तपुर दरवार क्षेत्रमा पर्छ।

    images

    तलेजु भवानीको सो मन्दिर वर्षमा एकपटक बडा दशैँको नवमीका दिनमा मात्रै खुल्ने गरेको हो। नवमीका दिनमा सो मन्दिरमा दर्शन गर्न दर्शनार्थीको भीडभाड हुने गरेको छ। हाज नवमीका दिन विहानैबाट तलेजु भवानीको दर्शन गर्न आउनेहरुको घुँइचो छ।

    images

    काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न दर्शनार्थीहरु आएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

    हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई फुलपातीकै दिन विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिने परम्परा छ।

    जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए।

    मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको छ।

    गौतमका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ। दशमीका दिन तलेजु भवानीलाई मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ।

    तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौं उपत्यकामा ल्याएको इतिहास छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend