मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा `टुरिजम् मिनिस्टर अफ दी एयर´ सम्मान

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा `टुरिजम् मिनिस्टर अफ दी एयर´ सम्मान

images
२०८१ फाल्गुण २१ गते, बुधवार
२०८१ फाल्गुण २१ गते, बुधवार
  • काठमाडौं। जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।

    images

    पर्यटनसँग सम्बद्ध विश्वका करीब पाँच हजार भन्दा बढी स्टलहरु र सयौंको संख्यामा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको ’वल्र्ड टुरिजम् एण्ड एभिएसिन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ’टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो।

    images

    यस किसिमको पुरस्कार पाउने पाण्डे नेपालको पहिलो पर्यटनमन्त्री हुन। सो कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको थियो।

    मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमा लगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरे वापत सो पुरस्कार प्रदान गरिएको पाटवाले जनाएको छ।

    सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ।

    अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए।

    “पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो। यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मिहिनेत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो। नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।“ अवार्ड ग्रहणपछि मन्त्री पाण्डेले भने।

    मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेकोसमेत बताए।

    “प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ,“ मन्त्री पाण्डेको जोड थियो।

    यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट–२०२५ मा सहभागिता जनाएका थिए।

    ’लगानी वृद्धि, शान्ति सुनिश्चितताःविकासको उपयोग, भविष्य निमार्ण’ विषयक उक्त सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend