मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने

images
२०८१ आश्विन २४ गते, बिहिवार
२०८१ आश्विन २४ गते, बिहिवार
  • राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन।

    images

    राष्ट्रपति कार्यालयले २६ असोजमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने जनाएको छ। कार्यालयले मंगलबार एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ।

    images

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट र साढें ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन्।

    उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म राष्ट्रपतिले टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend