काठमाडौं। कृषि विकास बैंकको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ। सो बैंकले गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
तर यो आवमा खुद नाफामा २९ प्रतिशतले गिरावट आएको हो। खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफामा असर परेको देखिन्छ। यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।
कृषि विकास बैंकको लोन लस प्रोभिजन केही घटेको छ। यस्तो रकम पहिले १ अर्ब ९ करोड रुपैयाँ रहेकोमा अहिले ८५ करोड रुपैयाँ छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ। कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९ प्रतिशत छ। जुन पहिले ३.०२ प्रतिशत थियो।



