मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ग्लोबल आइएमई बैंकको नाफा ह्वात्तै बढ्यो

ग्लोबल आइएमई बैंकको नाफा ह्वात्तै बढ्यो

images
२०८१ माघ ७ गते, सोमवार
२०८१ माघ ७ गते, सोमवार
  • काठमाडौं। ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा ४९ दशमलव ५१ प्रतिशत बढेको हो।

    images

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    images

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ।

    त्यस्तै, बैंकले यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ। बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend