मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिद्धार्थ बैंकको नाफा ५३ करोड बढी

सिद्धार्थ बैंकको नाफा ५३ करोड बढी

images
२०८१ माघ ७ गते, सोमवार
२०८१ माघ ७ गते, सोमवार
  • काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ५३ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ।

    images

    बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको तुलनामा ५३।३६ प्रतिशत कम हो। गत आवको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा इम्पेरमेन्ट चार्ज २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ०।३० प्रतिशत बढेको छ ।

    खुद फी तथा कमिसन आम्दानी १८।६८ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ४।४० प्रतिशत बढेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend