काठमाडौं। सरकारले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको र बन्द गर्न चाहने कम्पनीलाई बिना झन्झट खारेजी गर्न मिल्ने गरि अध्यादेश ल्याउदै कानुन संशोधन गरेको छ।
शुक्रराती अबेर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले कम्पनी दर्ता, सञ्चालन मात्र नभई कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई सरल बनाएको हो। यो ब्यवस्था कार्यान्वयनमा आउँदा कम्पनी खारेजीका लागि सेवाग्राहीले भोग्दै आएको झन्झट हट्ने छ।
यसअघि कम्पनी खारेज गर्दा जरिवाना तिर्नुपर्ने झन्झटिलो व्यवस्था थियो। तर अब कारोबार बन्द गर्न चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवाना तिर्नु पर्ने छैन। सरकारले सो जरिवाना छुट दिने कानुनी व्यवस्था गरेको हो।
अध्यादेशमा कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था पनि गरिएको छ। अध्यादेश मन्त्रीपरिषदले रास्ट्रपतिसमक्ष सिफारिस गरेको छ। रास्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।



