काठमाडौं । गत आर्थिक वर्षमा मात्र एक अर्ब ८० करोड ७३ लाख बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । मदिरा व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले विदेशी मदिराले नेपालको ठुलो धनराशी पलाएन भएको धारणा राखेका हुन् ।
व्यवसायीले अवैध रूपमा आउने मदिराले नेपाली बजार ध्वस्त पारेको पनि बताए । अवैध मदिरालाई नियन्त्रण गर्न माग गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर गुणस्तरीय बनाई विदेशी मदिराको आयात रोक्नुपर्ने बताए ।
उहांले विदेशी ब्रान्डका मदिराको आयात गर्दा बर्सेनि अर्बौँ रुपैयाँ बाहिर गइरहेकाले आफ्नै उत्पादन गुणस्तरीय बनाई ब्राण्डिङ गर्नुपर्नेमा जोड दिनु भयो ।



