मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रियलमी को नयाँ फोन सी ६३ : एक मिनेट चार्ज, एक घण्टा कल

रियलमी को नयाँ फोन सी ६३ : एक मिनेट चार्ज, एक घण्टा कल

images
२०८१ पौष २ गते, मंगलवार
२०८१ पौष २ गते, मंगलवार
  • काठमाडौं। रियलमीले रियलमी सी ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा ल्याएको छ।

    images

    रियलमी सी ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेको फोन नेपाली बजारमा सार्वजनिक गरिएको हो।

    images

    ४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ। साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ। ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ।

    ३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ।

    ७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ। केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ।

    वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ। साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ।

    यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग फ्री प्रदर्शन सुनिश्चित गर्दछ। यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ जसमा ४+४ जीबीको डाइनामिक र्‍याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ।

    रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ। साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ।

    सो फोनमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्स जस्ता फिचरहरू पनि समावेश रहेको छ।  साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ। त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ।

    रियलमी सी ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ। साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन्।

    रियलमी सी ६३को ४+ ६४ जीबी स्टोरेज भेरिएन्ट रु. १४ हजार ४९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend