काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन्।
बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ।
सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गरेका हुन्।
दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ।
सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए।



