मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भाेटेकाेशी बाढी पीडितकाे सहयाेगका लागि बृटिश गाेर्खा नेपाली र रिब्डीकाेट बुद्व विहारद्वारा ऊर्जामन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण

भाेटेकाेशी बाढी पीडितकाे सहयाेगका लागि बृटिश गाेर्खा नेपाली र रिब्डीकाेट बुद्व विहारद्वारा ऊर्जामन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • काठमाडौं। बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक सहयाेग गरेकाे छ।

    images

    दुबै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकाेप उद्वार काेषमा रकम हस्तान्तरण गरेका हुन्।

    images

    भाेटेकाेशी बाढी प्रभावित नागरिककाे राहत, उद्वार, पुनस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयाेग भन्दै दुबै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेकाे प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिए।

    उनकाअनुसार बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयाेग गरेकाे हाे। भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष हाेमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए।

    यसैगरी रिब्डीकाेट बुद्व विहार पाल्पाले ४० हजार रूपैयाँ सहयाेग गरेकाे छ। विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend