मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसले दियो ५० लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसले दियो ५० लाख

images
२०८१ आश्विन २० गते, आइतवार
२०८१ आश्विन २० गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन।

    images

    हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे प्रधानमन्त्री ओलीलाई ३४ बुँदे सुझावपत्रसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु ५० लाख हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित कांग्रेसले दिएका सुझावलाई मनन गर्ने प्रतिबद्धता जनाए। 

    ओलीले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने विश्वाससमेत व्यक्त गरे।

    नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकताबद्ध भावनाका साथ लाग्न सरकारलाई आग्रहसमेत गरेको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend