मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिद्धार्थ बैंकको दसैं लक्षित १०–१० दशैं धमाका

सिद्धार्थ बैंकको दसैं लक्षित १०–१० दशैं धमाका

images
२०८३ आश्विन १८ गते, आइतवार
२०८३ आश्विन १८ गते, आइतवार
  • काठमाडौं। सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दसैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ।

    images

    उक्त अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    images

    बैंकका अनुसार यो अफर असोज १५ गतेदेखि असोज २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुनेछ। अफरअन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

    छुट प्राप्त गर्न ग्राहकले केही प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ। ग्राहकले दराज एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको ‘My Vouchers’ सेक्सनमा सुरक्षित रहनेछ।

    त्यसपछि १ हजार ९ सय ९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा ग्राहकले उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card चयन गर्नुपर्नेछ। त्यसपछि सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेपछि सम्बन्धित छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

    दसैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले दराजसँग सहकार्य गरिएको बैंकले जनाएको छ। यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

    बैंकका अनुसार दसैंको किनमेलका क्रममा ग्राहकलाई थप सुविधा तथा लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्न पनि यस अफरले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र तथा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सक्नेछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend