मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एनआईसी एशिया बैंकले सुरु गर्यो एप्ल-पे र गुगल-पे मार्फत भुक्तानी स्वीकार गर्न सकिने सुविधा

एनआईसी एशिया बैंकले सुरु गर्यो एप्ल-पे र गुगल-पे मार्फत भुक्तानी स्वीकार गर्न सकिने सुविधा

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्ल-पे र गुगल-पे मार्फत भुक्तानी स्वीकार गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

    images

    अब बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले विश्वभर रहेका एप्ल-पे तथा गुगल-पे प्रयोगकर्ताबाट आफ्नो अनलाइन प्लेटफर्ममार्फत सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्ने भएका छन्।

    images

    बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

    बैंकको ई-कमर्स पेमेन्ट गेट-वेमा आबद्ध तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकले उक्त सुविधामार्फत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।

    एप्ल-पे र गुगल-पे मोबाइलमा आधारित अन्तर्राष्ट्रिय भुक्तानी माध्यम हुन्। यी माध्यम प्रयोग गर्दा ग्राहकले भौतिक कार्ड प्रयोग नगरी मोबाइलमा सुरक्षित रूपमा कार्ड विवरण लिंक गरेर सहजै भुक्तानी गर्न सक्नेछन्।

    यो सुविधा विशेषगरी होटल, टुर्स एन्ड ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई–कमर्स, आईटी तथा निर्यातजन्य व्यवसायका लागि उपयोगी हुने बैंकले जनाएको छ। 

    अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने नेपाली व्यवसायीले परिचित डिजिटल माध्यममार्फत भुक्तानी लिन सक्ने भएकाले अन्तरदेशीय कारोबारलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    बैंकका अनुसार नयाँ सुविधाले पर्यटन तथा आतिथ्य क्षेत्र, यात्रा व्यवसाय, ई–कमर्स र आईटी क्षेत्रसँगै विदेशी ग्राहकलाई वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायलाई थप सहजता प्रदान गर्नेछ। यसबाट अन्तर्राष्ट्रिय ग्राहकसँगको कारोबार विस्तार हुनुका साथै विदेशी मुद्रा आर्जनको सम्भावना बढाउनसमेत सहयोग पुग्ने बैंकको विश्वास छ।

    नेपालमा पहिलोपटक सुरु गरिएको भनिएको यस सेवाले डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउनुका साथै नेपाली मर्चेन्टको व्यवसाय विस्तारमा सहयोग गर्ने बैंकले जनाएको छ।

    साथै, अन्तर्राष्ट्रिय पर्यटक तथा ग्राहकका लागि परिचित भुक्तानी माध्यम उपलब्ध हुँदा नेपालको पर्यटन तथा समग्र अन्तरदेशीय भुक्तानी प्रणालीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend