काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने भएको छ।
बैंकले आफ्ना ग्राहकलाई बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्नेछ।



