मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अष्ट्रेलियाका कृष्ण गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अष्ट्रेलियाका कृष्ण गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।

    images

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति हुँदा गिरी सदस्यमा निर्वाचित भएका थिए। थापाको नेतृत्वमा निर्वाचित स्ववियुमा सँगै रहेर विद्यार्थी राजनीति गरेका गिरीले संयोगवश थापा पार्टी सभापतिको भूमिकामा रहँदा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।

    images

    झापाको अर्जुनधारा नगरपालिका क्षेत्रबाट २०४७ सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय गिरी तत्कालीन समयमा उनका बुबा वडा सभापति रहेकाले घरबाटै कांग्रेसलाई नजिकबाट बुझ्ने अवसर पाएको सम्झन्छन्।

    उनले त्रिचन्द्र क्याम्पसको इकाई र स्ववियु, झापा नेविसंघ हुँदै नेविसंघ केन्द्रीय समितिका विभिन्न विभागमा रहेर काम गरेका छन्।

    करिब २० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गिरीले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको केन्द्रीय सदस्य, सभापति, संरक्षक लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिअन्तर्गत जनसम्पर्क समिति समन्वय विभागमा रहेर समेत उनले काम गरेका थिए।

    विभागको सचिवालयदेखि पार्टीको सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरेका गिरीले नेपालमा भएका संघीय, प्रदेश तथा स्थानीय तहका निर्वाचनमा पार्टीका तर्फबाट प्रचार–प्रसारसम्बन्धी कार्यमा समेत योगदान गरेका छन्।

    भूकम्प, कोभिड–१९, रसुवा बाढी लगायतका विभिन्न प्राकृतिक विपत्तिका समयमा प्रवासमा रहेर पार्टीका माध्यमबाट आर्थिक एवं सामाजिक सहयोग जुटाउन समन्वयकारी भूमिका निर्वाह गरेका छन्। गिरीले नेपाली जनसम्पर्क समितिका पूर्व एवं वर्तमान सभापतिहरूको फोरममा समेत समन्वयकारी भूमिका निर्वाह गर्दै काम गरेको अनुभव बटुलेका छन्।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको कार्यसमितिमा रहेर काम गरेका गिरीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा युवा संयोजक, उपमहासचिव तथा सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

    पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार रहेका गिरीले सर्वसम्मत नेतृत्व चयनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

    पेशाले आईटी इन्जिनियर गिरी प्रवासमा रहेको अन्तर्राष्ट्रिय नेपाली समुदायमा सरल, मिलनसार तथा जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन्।

    अष्ट्रेलियामा रहेर नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तार, परराष्ट्रमन्त्रीस्तरीय बैठक व्यवस्थापन तथा नेपाली कांग्रेस र पार्टीका नेताहरूलाई अष्ट्रेलियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने कार्यमा समेत उनले विगतमा भूमिका निर्वाह गरेका छन्।

    प्रवासमा रहे पनि कांग्रेस राजनीतिमा निरन्तर सक्रिय गिरीले यस पटक पार्टीले दिएको अवसरलाई काम गर्ने अवसरका रूपमा लिँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

    उनको उम्मेदवारीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका नेतृत्व, कार्यसमिति तथा अग्रजहरूले समर्थन जनाएको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend