मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नागढुङ्गा सुरुङ मार्गमा धमाधम कारबाहीमा पर्दै सवारीचालक, प्रवेश निषेधसम्म हुनसक्ने

नागढुङ्गा सुरुङ मार्गमा धमाधम कारबाहीमा पर्दै सवारीचालक, प्रवेश निषेधसम्म हुनसक्ने

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँबाट बाहिरिने मुख्य नाका नागढुङ्गामा रहेको सुरुङ मार्गमा सवारीसाधन गुडाउने चालकहरू धमाधम कारबाहीमा पर्न थालेका छन्।

    images

    बिहीबार मात्रै सुरुङ मार्गमा १३ जना सवारीचालक कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    images

    ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका ट्राफिक प्रहरीले पटक पटक लेन अनुशासन उल्लंघन गर्ने, सुरुङमार्गमा ओभरटेक गर्ने, तीब्र गतिमा सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएका चालकलाई कारबाहीको दायरामा ल्याएका हुन्।

    सुरुङ मार्गमा पटकपटक ट्राफिक नियम उल्लंघन गरेमा ती सवारीसाधनलाई आगामी दिनमा सुरुङ मार्ग प्रवेशमा निषेधसमेत हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    `यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट आज मिति २०८३ असोज १५ गते सुरुङमार्गमा ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने १३ जना सवारी चालकहरुलाई कारवाही गरेको छ।´ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

    सुरुङमार्गमा ट्राफिक नियम विपरित सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने, जनधनको क्षति हुने र तत्कालै उद्दारकार्यको लागि समेत असहज हुने भएकोले सुरुङमार्ग प्रयोग गर्दा बढी संवेदनशील भई ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन पनि कार्यालयले सवारी चालकहरुलाई अनुरोध गरेको छ।

    `सुरुङमार्गमा संवेदनशील मार्ग हो, यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएको पाइएमा सो सवारी साधन र सवारी चालकलाई आगामी दिनमा सुरुङ मार्गमा प्रवेश निषेधसमेत हुनेछ।´ जारी सूचनामा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend