मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्रीसँग बिदाई भेट

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्रीसँग बिदाई भेट

images
२०८३ आश्विन १३ गते, मंगलवार
२०८३ आश्विन १३ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

    images

    आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको बिदाई भेटका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। श्रीवास्तव प्रधानमन्त्रीसँगको बिदाई भेटका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए।

    images

    सो क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे।

    भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिंदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे।

    सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend