काठमाडौं। शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपियाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन्। त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपियाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्। साथै, ४ जना भाग्यशाली बम्पर विजेताले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल खरिद गरेपछि मोबाइलको आइएमआई नम्बर ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा एमआई नम्बर १/२ लेखेर पठाउनु पर्नेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिने छ र विजेताको नाम शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ।
यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुने ग्राहकले निर्धारित सम्पूर्ण नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ।



