मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा तीन कार्य दिनमै माग भन्दा बढी आवेदन

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा तीन कार्य दिनमै माग भन्दा बढी आवेदन

images
२०८३ आश्विन १२ गते, सोमवार
२०८३ आश्विन १२ गते, सोमवार
  • काठमाडौं। एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा तीन कार्य दिनमै माग भन्दा बढी आवेदन परेको छ।

    images

    फण्डको इकाईमा असोज ७ गतेदेखि १३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग गरे भन्दा बढी आवेदन प्राप्त भएपछि असोज १३ गते नै इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने भएको हो।

    images

    एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालन हुने “एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड” को प्रति इकाई मूल्य रु. १० दरका ८,००,००,००० (आठ करोड) इकाई मध्ये न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रबन्धक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी रु. १० अंकित दरका ६,८०,००,००० (छ करोड असी लाख) इकाई इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो।

    एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्डमा आज साँझ ५ः०० बजेसम्म रु. ८०  करोड रकम भन्दा बढीको इकाई खरिदको लागि आवेदन परेको छ।

    स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्था अनुसार उक्त एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको आकार रु. ८० कारोडबाट बृद्धि गरी रु. १ अर्बसम्म कायम गर्न सकिने व्यवस्था रहेको हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ।

    एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड दश वर्ष अवधि रहेको छैठौँ बन्दमुखी योजना हो। योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ। उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिने बताइएको छ।

    उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर” सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ।

    उक्त योजनाको इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend