मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्राइम कमर्सियल बैंकद्वारा देशका ७ स्थानमा रक्तदान

प्राइम कमर्सियल बैंकद्वारा देशका ७ स्थानमा रक्तदान

images
२०८३ आश्विन ११ गते, आइतवार
२०८३ आश्विन ११ गते, आइतवार
  • काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    images

    प्राइम कमर्सियल बैंकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

    images

    रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकसहित ५२२ जनाले रक्तदान गरेका थिए।

    कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गर्न पाउँदा खुसी लागेको जनाए। 

    उनले संस्थाले आगामी दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता व्यक्त गरे। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend