काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियाका लागि अधिवक्ता शैलेन्द्र शर्मा गौडेल उम्मेदवार बनेका छन्।
वाल्यकालदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय गौडेल वाककला र तथ्यपूर्ण एवम तर्कपूर्ण विचारमा निपूर्ण मानिन्छन्।
गौडेल विसं २०६२।०६३ सालको जनआन्दोलनताका किशोर अवस्थामै आन्दोलनको अग्रमोर्चामा सक्रिय रहेर चर्चामा आएका थिए।
त्यसपछि उनी आरआरको नेविसंघ हाक्ने नेताका रुपमा चर्चामा रहे। आरआरमा नेविसंघको झण्डा निकाल्न समेत सक्ने अवस्था नरहँदा उनले सो क्याम्पसमा नेविसंघलाई स्थापित गराएका थिए।

उनले त्यसबखत विद्यार्थी अधिकार र वेथिति विरुद्ध आन्दोलनको नेतृत्वसमेत गरेका थिए।
नेविसंघको क्याम्पस इकाइ सदस्य हुँदै केन्द्रीय सदस्य निर्वाचित उनी कांग्रेसको १४ औ महाधिवेशनमा गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि लोकप्रिय मत सहित निर्वाचित भएका थिए। त्यसपछि उनी कांग्रेसको गण्डकी प्रदेशमा समेत सक्रिय राजनीतिमा थिए।
अन्तर्राष्ट्रिय सम्बन्धमा स्नाकोत्तर र कानुनमा स्नातक गरेका गौंडेल हाल पर्वत जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा उम्मेदवार बनेर गाउँ दौडाहामा छन्।
पार्टीभित्र युवा पुस्ताको सक्रिय सहभागिता, जिम्मेवार नेतृत्व र समसामयिक विषयमा स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको औंल्याएका गौडेल नेपाली कांग्रेसको बैचारिक युवा नेताका रुपमा परिचित छन्।
उनले विगतमा कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठान अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागमा रहेर आफ्नो विज्ञता प्रदर्शन गरिसकेका छन।




