उदयपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर–१ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सन्तोष श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले अर्का उम्मेदवार विश्वराज तामाङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। श्रेष्ठले उम्मेदवारी फिर्ता लिंदै युवा खुलातर्फ तामाङलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
श्रेष्ठले पार्टीभित्रको एकता र युवा नेतृत्वलाई अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठले तामाङलाई विजयी गराउन आफूले समर्थन गर्ने बताउँदै कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गरे।



