सप्तरी। सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको छ।
ब्यारेजमा पानीको सतहले खतराको तह पार गरेको छ। हाल पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ।
ब्यारेज प्रशासनले अविरल वर्षाका कारण जलसतह अझै बढ्दो क्रममा रहेकाले स्थितिलाई अति जोखिमपूर्ण घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण कोशी ब्यारेजमा पानीको सतह बढ्दै गएको छ। स्थानीय प्रशासनले उक्त क्षेत्रमा अहिले सतर्क रहन भन्दै माइकिङ गरिरहेको छ।



