मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दसैँ अगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंगाउन शिक्षामन्त्रीको निर्देशन

दसैँ अगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंगाउन शिक्षामन्त्रीको निर्देशन

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका छन्।

    images

    मन्त्री पोखरेलले बुधबार मन्त्रालयकासचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिएका हुन्।

    images

    शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै बाहिर आएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले नियमावलीको एघारौ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिदैँ आइरहेका छन्।

    शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार, मन्त्रालयका उच्च अधिकारी र सचिवलालयले सबै सरोकारवालाहरुसँग मन्त्रालयमा चरणबद्ध छलफल गरिएको थियो।

    त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझाव लिइएको थियो। कतिपय छलफलमा मन्त्री पोखरेल स्वयम् सहभागी थिए भने  शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो।

    शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरुमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएका हुन्।

    मन्त्री पोखरेलले नेपाल सरकारले यसवर्षलाई कानुन निमर्माणको वर्ष घोषणा गरेको सन्दर्भलाई समेत जोडी मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्।

    दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend