मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपदको पूर्वसूचना चुस्त, अब दुई दिनअगावै आकस्मिक बाढीको सूचना

विपदको पूर्वसूचना चुस्त, अब दुई दिनअगावै आकस्मिक बाढीको सूचना

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ।

    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालय मातहत रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो।

    images

    जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईकाअनुसार जल विज्ञान तथा बाढी पूर्वानुमान र पूर्व सुचना सम्बन्धी सेवामा थप सुधार गर्दै बुधबारदेखि तोकिएको प्रमुख नदीहरुको बाढीको पूर्वानुमानको समयावधि ३ दिनबाट ५ दिन तथा नेपालभरका स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान १ दिन (२४ घण्टा) बाट २ दिन (४८ घण्टा) सम्म विस्तार गरिएको छ।

    यो सुधार केन्द्रको आफ्नै नेपाल-केन्द्रित बाढी पूर्वानुमान मोडेल तथा ईसीएमडब्लुएफको समष्टिगत पूर्वानुमानमा आधारित पूर्वानुमान प्रणालीलाई अन्य उपलब्ध विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी पूर्वानुमानका विभिन्न मोडेलहरूसँग एकीकृत गरी सञ्चालनमा ल्याइएको प्रवक्ता भट्टराईले बताए। 

    त्यसैगरी, २-दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एशिया-आकस्मिक बाढी विश्लेषण प्रणाली, भू-चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था र अन्य महत्वपूर्ण जलविज्ञानसम्बन्धी सूचकहरूलाई समग्र रूपमा विश्लेषण गरिएको छ।

    यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त गरी पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।

    जलबिज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थान विशेष शुद्धता तथा समयगत शुद्धता, प्रभावमा आधारित पूर्वानुमान, स्थानीय जोखिम पहिचान तथा पूर्वसूचना प्रणालीलाई क्रमश: थप सुदृढ गर्दै लैजाने प्रवक्ता भट्टराईले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend