मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मौसम विभागले जारी गर्यो रेड अलर्ट, कहाँकहाँ छ जोखिम?

मौसम विभागले जारी गर्यो रेड अलर्ट, कहाँकहाँ छ जोखिम?

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा हुनसक्ने भन्दै `रेड अलर्ट´ जारी गरेको छ।

    images

    अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा हुनसक्ने सम्भावना उच्च बनेको बताएको हो।

    images

    विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ।

    त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी गरिएको विभागले बताएको छ।

    विभागले सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औँल्याएको छ।

    यसैगरी देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ।

    ७७ वटै जिल्लामा विपत् प्रतिकार्य संयन्त्र तयारी अवस्थामा

    अन्डमान सागरमा विकसित न्यून चापीय प्रणाली बलियो बन्दै गएपछि नेपालमा पनि भारी वर्षा हुने सम्भावना छ। त्यसलाई दृष्टिगत गर्दै एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने प्रारम्भिक प्रक्षेपणपछि ७७ वटै जिल्लामा रहेका विपत् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको बताए।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अन्तर्गत सम्भावित बाढीपहिरो, डुबान, नदी कटान तथा चट्याङलगायत विपत्का लागि सङ्घ, प्रदेश र स्थानीय तहदेखि सुरक्षा निकायसम्मको एकीकृत संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको छ।

    “सम्भावित जोखिमको न्यूनीकरणका लागि तीन वटै सुरक्षा निकायसँगै विषयगत निकायलाई एकीकृत रूपमा परिचालन गरिएको छ।” महतले भने।

    उनले केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमान्ड पोस्ट तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको पनि जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend