मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विदेशबाटै मताधिकार बारे २७ नेपाली दूतावास र कुटनीतिक नियोगसँग निर्वाचन आयोगले गर्यो छलफल

विदेशबाटै मताधिकार बारे २७ नेपाली दूतावास र कुटनीतिक नियोगसँग निर्वाचन आयोगले गर्यो छलफल

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • काठमाडौँ। निर्वाचन आयोगले विदेशबाट नेपालको निर्वाचनमा मतदानका विषयमा नेपाली दूतावास र कुटनीतिक नियोगसँग छलफल गरेको छ।

    images

    आयोगले सोमबार भर्चुअल माध्यमबाट विदेशस्थित नेपाली राजदुतावाससहित नेपाली कुटनीतिक नियोगहरूसँग विदेशमा मतदान (Out of Country Voting) का विषयमा छलफल गरेको हो।

    images

    निर्वाचन आयोगको आयोजना र परराष्ट्र मन्त्रालयको सहजीकरणमा सम्पन्न उक्त छलफलमा विभिन्न देशमा रहेका २७ ओटा नेपाली दुतावास तथा कुटनीतिक नियोगहरूको सहभागिता रहेको थियो।

    छलफलमा सम्बन्धित मुलुकमा रहेका नेपालीहरूको संख्या, मतदाता नामावली सङ्‍कलनको तरिका र सम्भावित मतदान विधि, मतदाता नामावली सङ्‍कलन र निर्वाचन सञ्‍चालन गर्न सम्बन्धित कुटनीतिक नियोगको भूमिका लगायतका विषयमा छलफल भएको आयोगले जनाएको छ।

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा. राजीब सुब्बा तथा आयोगका सचिव कृष्ण प्रसाद काप्री सहभागि थिए। यसैगरी परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव पुष्पराज भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए।

    विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सम्बन्धमा सर्वोच्च अदालतले २०७४ चैत ९ गते सरकार र निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । 

    न्यायाधीशहरू सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले जारी गरेको पाँच बुँदे निर्देशनात्मक आदेशमा विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्नु भनेको थियो। तर हालसम्म सर्वोच्चको आदेशको पालना भने भएको छैन। विश्वका ९० भन्दा बढी देशमा नेपाली नागरिक रहेको बताइन्छ।

    आयोगले २०६७ र २०७३ सालमा गरेको अध्ययनले पनि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक तयारी गरे सम्भव हुने निष्कर्ष निकालेका थिए। २०६७ सालमा गरिएको अध्ययनमै विदेशमा करिब ४० लाख नेपाली रहेको अनुमान गरिएको थियो । 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend