मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने

images
२०८३ आश्विन ३ गते, शनिवार
२०८३ आश्विन ३ गते, शनिवार
  • काठमाडौँ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै छन्।

    images

    अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको 'राउन्ड टेबल' छलफलमा अर्थमन्त्री वाग्ले सहभागी हुँदैछन्। शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सो कार्यक्रम हुँदैछ।

    images

    परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. वाग्ले सहभागी हुने भएका हुन्।

    सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गर्ने भएका हुन्।

    साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूलाई स्पष्ट पार्ने छन्।

    अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसङ्घले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend