काठमाडौँ। अल्टिमा लाइफ स्टाइलले आफ्नो १०औं आधिकारिक `आउटलेट´ सुनसरीको ब्यस्त शहर इटहरीमा संचालनमा ल्याउँदै छ। पूर्वी नेपालमा चौथो आउटलेटका रुपमा अल्टिमाले इटहरी आउटलेटलाई शनिबारदेखि संचालनमा ल्याउन लागेको हो।
अल्टिमा लाइफ स्टाइल अडियो तथा वेयरेबल उत्पादनमा विशेषज्ञता हासिल गरेको नेपालको नम्बर १ उपभोक्ता प्रविधि ब्रान्डका रुपमा स्थापित छ। नेपाली उपभोक्तालाई स्तरीय प्रविधिसँग जोड्ने अठोटका साथ अल्टिमाले उपभोक्ताको विश्वास जित्दै आइरहेको छ।
नयाँ आउटलेटको उद्घाटन १९ सेप्टेम्बर २०२६ (असोज ३, २०८३) मा हुनेछ। यो नयाँ आउटलेट अल्टिमाको बढ्दो खुद्रा सञ्जालमा अर्को महत्वपूर्ण उपलब्धि रहने कम्पनीको दावी छ। नेपालभरका उपभोक्तालाई नवीन, पहुँचयोग्य तथा जीवनशैलीमैत्री प्रविधि सहज रूपमा उपलब्ध गराउने ब्रान्डको निरन्तर प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमाले इयरबड्स, हेडफोन, स्मार्टवाच, स्पिकर, पावर बैंक तथा अन्य लाइफस्टाइल टेक्नोलोजी उत्पादनहरूको विस्तारित पोर्टफोलियोसहित नेपालभर आफ्नो उपस्थिति निरन्तर विस्तार गर्दै आएको छ।
यसअघि अल्टिमाले पुर्वी नेपालका शहरहरु धरान, दमक र जनकपुरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। यस आउटलेटमार्फत इटहरी तथा आसपासका ग्राहकहरूले स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंकलगायत अल्टिमाका विभिन्न लाइफस्टाइल टेक्नोलोजी उत्पादनहरू सहज रूपमा खरिद तथा अनुभव गर्न सक्नेछन्।
इटहरी आउटलेटबाट इटहरीसहितका आसपासका उपभोक्ताले अल्टिमाका स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंक तथा अन्य लाइफस्टाइल टेक्नोलोजीका उत्पादनहरू प्रत्यक्ष रूपमा अनुभव तथा खरिद गर्ने थप सहज अवसर प्राप्त गर्दैछन्।
अल्टिमाले आउटलेट लन्चलाई भब्य र स्मरणीय बनाउन विभिन्न Exclusive Offers, Launch Deals तथा Customer Rewards समेत सार्वजनिक गरेको छ।
१०औँ आउटलेटमा के छन् विशेष अफर?
आफ्नो १०औँ आधिकारिक आउटलेटको उद्घाटनको अवसरमा अल्टिमाले इटहरी आउटलेटका पहिलो १० जना खरिदकर्ताका लागि विशेष पुरस्कार ल्याएको छ।
उद्घाटनको दिन इटहरी आउटलेटबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकले निःशुल्क अल्टिमा ग्याजेट प्राप्त गर्नेछन्।
यो अफर उद्घाटनको दिनमा मात्र लागू हुनेछ।
यसैगरी Category Highlight Deals अभियानअन्तर्गत अल्टिमाका सबै आउटलेटहरूमा विभिन्न उत्पादनहरूमा विशेष मूल्यको अफर समेत उपलब्ध हुनेछ। उक्त अफरमा Boom Sleek Earbuds रु. ९९९ मा पाइनेछ। अभियान अवधिभर हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि यो उपलब्ध हुनेछ।
यसैगरी Boost 20K Pro Power Bank रु. २ हजार ९९ मा हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि प्रदान गरिनेछ।
यस्तै Flex Smartwatch रु. २ हजार १९९ मा हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि दिइनेछ।
यसैगरी Clear Mic रु. २ हजार ९९९ मा हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि अफरमा उपलब्ध हुनेछ भने Marvel Speaker रु. २ हजार ९९९ मा हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि प्रदान गरिनेछ।
यी विशेष अफरहरू अभियान अवधिभर उपलब्ध हुनेछन्। दैनिक तोकिएको संख्यामा मात्र उत्पादन उपलब्ध हुने भएकाले अफर स्टक तथा उपलब्धताका आधारमा लागू हुनेछ।
फ्रेस लन्च डील
ग्राहकहरूले अल्टिमाका नयाँ उत्पादनहरू विशेष Launch Price मा खरिद गर्ने अवसर समेत प्राप्त गर्नेछन्। यी अफरहरू अल्टिमाका सबै आउटलेटमा लागू हुनेछन्।
• Ultima Aura – रु. ३,४९९
• Bass 430 Headphone – रु. १,९९९
• Boombox 130 – रु. १९,९९९
यी Fresh Launch Deals अभियान अवधिभर सबै ग्राहकका लागि उपलब्ध हुनेछन्।
भ्यालु पर्चेज डील
यो अफर ठूलो मूल्यको उत्पादन खरिद गर्ने ग्राहकहरु लक्षित छ। थप मूल्य प्रदान गर्ने उद्देश्यले अल्टिमाले निश्चित खरिद रकममा निशुल्क उत्पादन समेत उपलब्ध गराउनेछ।
अल्टिमाका कुनै पनि उत्पादन तोकिएको रकमभन्दा बढी खरिद गर्दा ग्राहकहरूले निम्न उपहार प्राप्त गर्न सक्नेछन्।
• रु. ८,००० भन्दा माथिको खरिदमा – Free Boom Sleek Earbuds
• रु. १०,००० भन्दा माथिको खरिदमा – Free Boost 20K Pro Power Bank
• रु. १२,००० भन्दा माथिको खरिदमा – Free Flex Smartwatch
यी अफर अल्टिमाका सबै आउटलेटमा उपलब्ध हुने अल्टिमा लाइफ स्टाइलले जनाएको छ।
स्पीन द ह्वीलमा रु. २० लाख बराबरका पुरस्कार
अभियानलाई थप रोमाञ्चक बनाउन अल्टिमाले स्पीन द ह्वील पनि आयोजना गर्नेछ। जसमा कुल रु. २०,००,००० (बीस लाख) बराबरको पुरस्कार जित्ने अवसर हुनेछ।
यस पुरस्कारअन्तर्गत एक जोडीका लागि थाइल्यान्ड भ्रमण प्याकेज, सुन्को सिक्का, एयर कन्डिस्नर, टेलिभिजन, वासिङ मेसिन, तथा अल्टिमाका ग्याजेटहरु आकर्षक पुरस्कारका रुपमा समावेश छन्।
सम्पूर्ण Portfolio मा ६०% सम्म छुट
अभियानअन्तर्गत उल्लेखित विशेष अफरहरूका अतिरिक्त ग्राहकहरूले अल्टिमाको सम्पूर्ण Portfolio मा ६०% सम्मको छुट समेत प्राप्त गर्न सक्नेछन्।
यसले ग्राहकहरूलाई अल्टिमाका विभिन्न अडियो, वेयरेबल तथा लाइफस्टाइल टेक्नोलोजी उत्पादनहरू विशेष मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नेछ।
नयाँ Retail Milestone को उत्सव
इटहरीमा नयाँ आउटलेटको उद्घाटन अल्टिमाको भौतिक खुद्रा उपस्थितिलाई निरन्तर विस्तार गर्ने र नेपालभरका ग्राहकहरूलाई आफ्ना उत्पादनहरू थप सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धताको अर्को उदाहरण रहेको कम्पनीको दावी छ।
Campaign Availability
इटहरी आउटलेटको भब्य उद्घाटन १९ सेप्टेम्बर २०२६ (असोज ३, २०८३) मा हुनेछ। अभियानअन्तर्गतका विभिन्न अफरहरू भने २६ सेप्टेम्बर २०२६ (असोज १०, २०८३) सम्म उपलब्ध हुनेछन्। सबै अफरहरू सम्बन्धित शर्त तथा उपलब्धताको अधीनमा लागू हुनेछन्।



