मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षीबिच भेटवार्ता : बाढीपछिको पुनर्निर्माण बारे छलफल

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षीबिच भेटवार्ता : बाढीपछिको पुनर्निर्माण बारे छलफल

images
२०८३ आश्विन १ गते, बिहिवार
२०८३ आश्विन १ गते, बिहिवार
  • नयाँ दिल्ली। भारत भ्रमणमा आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ।

    images

    बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा सो भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनर्स्थापनामा समेत छलफल भएको थियो।

    images

    भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।

    यसैगरी अर्थमन्त्री डा. वाग्ले शुक्रवार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता तय भएको छ।

    अर्थमन्त्री डा. वाग्ले तीन दिने भ्रमणका लागि आजै विहान भारत प्रस्थान गरेका थिए।

    उनको भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य हुने अपेक्षा गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend