काठमाडौँ। ट्राफिक प्रहरीले चोरीका ५० वटा २ पाङ्ग्रे सवारीसाधनहरु फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले चोरी भइ फेला परेका ५० वटा २ पाङ्ग्रे सवारी साधन (२८ वटा मोटरसाइकल र २२ वटा स्कुटर) मंगलबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौंका विभिन्न स्थान र मितिमा ती सवारीसाधन चोरी भएको थियो भने चोरीपछि प्रहरीमा उजुरी परेको थियो।
यसअघि पनि ट्राफिक प्रहरीले चोरीपछि भेटिएका हजारौं सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाइसकेको छ।



