मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • काठमाडौँ। नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ।

    images

    मलेसियामा भएको फाइनल खेलमा यूएईलाई हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ।

    images

    मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भएको थियो।

    यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गरेको थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend