मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ।

    images

    भदौ २३ गते साँझ ५:०० बजेसम्म ९ वटा खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको अर्थ मन्त्रालयले जनाएको छ। डलरलाई रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ।

    images

    रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन रु. ७ अर्ब ६८ करोड ४४ लाख र २,०५,२२,४२३ अमेरिकी डलर पुगेको छ। जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो। भदौ २३ गते एकै दिन रु. ३० करोड ६२ लाख र १,१२,०३२ अमेरिकी डलर प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

    यसैगरी राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

    प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend