मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा बाढी प्रभावित समुदायका लागि नेपाल फार्मेसी संघद्वारा औषधि सहयोग

रसुवा बाढी प्रभावित समुदायका लागि नेपाल फार्मेसी संघद्वारा औषधि सहयोग

images
२०८३ भाद्र २१ गते, आइतवार
२०८३ भाद्र २१ गते, आइतवार
  • काठमाडौँ। रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै नेपाल फार्मेसी संघ (PhAN) ले औषधि सहयोग गरेको छ।

    images

    संघले आफ्ना सदस्यहरू, काठमाडौं उपत्यका तथा विभिन्न क्षेत्रका फार्मासिस्टहरू र सहयोगी औषधि उत्पादक संस्थाहरूको सहकार्यमा आवश्यक औषधिहरू संकलन गरेर बाढी प्रभावितहरुलाई उपलब्ध गराएको हो।

    images

    प्रारम्भिक स्वास्थ्य आवश्यकताको मूल्याङ्कनका आधारमा तीव्र (Acute) स्वास्थ्य समस्या तथा नियमित उपचार आवश्यक पर्ने दीर्घरोग (Chronic Diseases) का बिरामीहरूका लागि उपयोगी औषधिहरूलाई प्राथमिकतामा राखी संकलन गरिएको थियो।

    संकलुत औषधि शनिबार त्रिशूली पुगेर बाढी प्रभावित समुदायका लागि सञ्चालन भइरहेको शस्त्र प्रहरीको स्वास्थ्य शिविरमा हस्तान्तरण गरिएको हो। सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवाको संयन्त्रमार्फत आवश्यक बिरामीसम्म सुरक्षित, उचित र विवेकपूर्ण रूपमा औषधि पुग्ने अपेक्षा गरिएको संघले जनाएको छ।

    विपद्पछिको अवस्थामा घाउचोट, संक्रमण, ज्वरो, दुखाइजस्ता तत्काल देखिने समस्यासँगै उच्च रक्तचाप, मधुमेह, दम तथा अन्य दीर्घरोगका बिरामीहरूको नियमित औषधि निरन्तरता पनि उत्तिकै महत्वपूर्ण रहने संघले भनेको छ। यही आवश्यकतालाई ध्यानमा राखेर उक्त सहयोग अभियान सञ्चालन गरिएको हो।

    सो अभियानमा औषधि तथा आवश्यक सामग्री सहयोग गर्ने सम्पूर्ण संघका सदस्यहरू, फार्मासिस्टहरू, औषधि उत्पादक संस्थाहरू, सहयोगी निकाय तथा स्वयंसेवकहरूलाई संघले धन्यवाद दिएको छ।

    सानो सहकार्यले पनि विपद्को समयमा धेरै मानिसको उपचार निरन्तरता र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भन्दै संघले सबैलाई धन्यवाद दिएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend