काठमाडौँ। त्रिशूली ३ `ए´ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले आफू सुरुङ भित्र महामन्त्र जप गर्दै बसेको प्रतिक्रिया दिका छन्।
सप्तरी स्थायी घर भएका उनले आफुले बाढी बारे जानकारी पाएपछि अरुलाई पनि जानकारी गराएको र आफू कन्ट्रोल रुममा भएकाले त्यो आफ्नो कर्तव्य पनि भएको प्रतिक्रिया दिए।
उनले नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै भने, ‘म कन्ट्रोल रुममा कार्यरत् थिएँ, मेरो दायित्व सबैको ज्यान बचाउनु थियो।’
उनले सुरुङ भित्र सुरुमा ४०/४५ जना नै रहेको भए पनि अरु भागेको र ३/४ जना भएको हुनसक्ने बताए। आफू भाग्न नभ्याएपछि महामन्त्र जप गर्दै बसेको उनले बताएका हुन्।
उनले पावरहाउस भित्र टनेल लामो रहेकाले अन्य ब्यक्ति पनि त्यहा भित्र फसेको हुनसक्ने जानकारी दिए।



