मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

images
२०८३ भाद्र १९ गते, शुक्रवार
२०८३ भाद्र १९ गते, शुक्रवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी अन्तर्गत पर्ने त्रिशूली–३ ‘ए’ जल विद्युत आयोजनाको सुरुङभित्रबाट एक जनाको जिवितै उद्धार गरिएको छ।

    images

    आज बिहानै सुरुङ भित्र रहेका मानिसको उद्धारमा रहेका सेनाको टोलीले भित्रबाट मानिसको आवाज आएको सुनेका थिए। सो क्रममा उनीहरूले उद्धार गर्दछौं भन्ने ज्वाफ दिएका थिए। 

    images

    उद्धारमा खटिएका एक अधिकारीका अनुसार सुरुङ भित्रबाट एक जनालाई जिवितै निकालिएको हो। गत १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र अन्य ब्यक्ति समेत फसेको आशंका छ।

    आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend