मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा बाढी : हालसम्म ९०३ जनाको शव फेला पर्यो

रसुवा बाढी : हालसम्म ९०३ जनाको शव फेला पर्यो

images
२०८३ भाद्र १५ गते, सोमवार
२०८३ भाद्र १५ गते, सोमवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी चीनतर्फबाट आएको बाढीमा परेर हालसम्म ९०३ जनाको मृत्युु भएको छ।

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विहान ९ बजेसम्मको तथ्यांक अनुसार हालसम्म ९०३ जनाको शव फेला परेको हो। यस्तै बाढीमा परेर हालसम्म २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेको प्राधिकरणले जनाएको छ।

    images

    यसैगरी हालसम्म ४२ सय २७ जना सम्पर्क विहीन रहेको प्राधिकरणले जानकारी दिएको छ। सो अवधिसम्म १० हजार ४५१ जनाको उद्धार भएको छ।

    बाढीले बगाएर ल्याएका तथा पहिचान खुल्न नसकेका शवहरू जम्मा गरि विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ प्राधिकरणले जनाएको छ।

    बाढी पछिको उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन्। जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ खटिएको सरकारी तथ्यांक छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend