मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी ग्रस्त क्षेत्रमा पूर्वस्वीकृतिबिना ड्रोन उडाउँदा हवाई सुरक्षामा जोखिम

बाढी ग्रस्त क्षेत्रमा पूर्वस्वीकृतिबिना ड्रोन उडाउँदा हवाई सुरक्षामा जोखिम

images
२०८३ भाद्र १४ गते, आइतवार
२०८३ भाद्र १४ गते, आइतवार
  • काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ। 

    images

    प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै पूर्वस्वीकृतिबिना ड्रोन उडाएको पाइएको भन्दै उद्धार कार्यमा ड्रोनले जोखिम पैदा गरिरहेको बताएको
    हो। प्रभावित क्षेत्रमा उद्धारमा लगातार पुर्ण क्षमतामा हेलिकप्टर उडिरहेकोले ड्रोनले जोखिम पैदा गरिरहेको प्राधिकरणको भनाइ छ।

    images

    प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाउन नपाइने पनि प्राधिकरणले सूचनामा भनेको छ भने बाढीपछिको उद्धारका लागि हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न जाने भनिएको छ। 

    ‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ, ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडान गरिरहेको पाइएको छ।’

    यस्तै, उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ‘मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडान गर्न/गराउन सूचनामार्फत आग्रह गरिएको छ।

    पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाउँदा कानुनबमोजिम कारबाही हुने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend