काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरिएको हो।
बिहीबार दिउँसो ३ बजेसम्म स्याफ्रुवेशी, मैलुङ लगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक (२९ भारतिय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन) सहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
साथै, प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ।



