काठमाडौँ। रसुवामा बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ३८९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेको हो।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको छ।
यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।



