मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

खोज तथा उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

खोज तथा उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। रसुवामा बुधबार आएको बाढीमा परेर बेपत्ता भएका तथा घाइते भएकाहरूको उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन्।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी गराए अनुसार बाढीमा परेकाहरूको खोजी, उद्धार तथा राहतका लागि नेप्सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका हुन्।

    images

    जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना रहेका छन्।

    यसैगरी नेपाली सेनाको संयुक्त प्रतिकार्य टोली, NDRRMA को Quick Action Team तथा प्रधानमन्त्री कार्यालयको Rapid Action Team मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको प्रधानमन्त्री शाहले सामाजिक संजालमार्फत जानकारी गराएका छन्।

    प्रधानमन्त्री शाह बिहीबार बाढी प्रभावित जिल्ला नुवाकोट पुगेर फर्किएका थिए। प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको पनि उल्लेख गरेका छन्भने अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्।

    प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित भएको बताएका छन्।

    `अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हो।´ उनले भनेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend