वीरगन्ज। वीरगन्जमा रहेको प्रसिद्ध तथा ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको तयारी गरिएको छ।
सरकारले उक्त चिनी मिल पुनःसञ्चालनको तयारी गर्दै सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो। सो कार्यदल अहिले कारखानाको स्थलगत निरीक्षणमा आइपुगेको छ। सो चिनी मिल विगत २७ वर्षदेखि बन्द छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको हो।
मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको छ।
सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले अध्ययन सकेर १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ।



