मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

७ वर्षीय बालकको श्वासनलीमा अड्कियो इमलीको दाना, नर्भिकमा निकालियो

७ वर्षीय बालकको श्वासनलीमा अड्कियो इमलीको दाना, नर्भिकमा निकालियो

images
२०८३ भाद्र ९ गते, मंगलवार
२०८३ भाद्र ९ गते, मंगलवार
  • काठमाडौं। फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ।

    images

    आइतबार राती अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा कलैयाका ७ वर्षीय बालकको नभिर्कमा सफल उपचार गरिएको हो।

    images

    अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राती नै आकस्मिक कक्षबाट आइसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो।

    नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सकटोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपी मार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेका हुन्।

    उपचारमा संलग्न डा आचार्यका अनुसार बालकको फोक्सोको देब्रे तर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वासनली नै बन्द भएको थियो। इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको डा आचार्यले जानकारी दिए।

    ‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रेभागले काम गर्न छाडेर सेतो भइसकेको थियो। बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमिलिको दाना लिकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रेभाग ठिक हुँदै गएको छ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend