मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लण्डनमा तयार गरियो तीज गीत, सञ्जयको सिर्जना, सबिनाको अभिनय

लण्डनमा तयार गरियो तीज गीत, सञ्जयको सिर्जना, सबिनाको अभिनय

images
२०८३ भाद्र ६ गते, शनिवार
२०८३ भाद्र ६ गते, शनिवार
  • लण्डन। नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धन तथा विकासका लागि तयार गरिएको नयाँ सांगीतिक प्रस्तुति ‘लण्डन तीज’ सार्वजनिक भएको छ।

    images

    लण्डनको परिवेशमा तीजको सांस्कृतिक भावलाई प्रस्तुत गरिएको गीतमा सञ्जय कँडेलको शब्द तथा निर्देशन र सबिना श्रेष्ठको अभिनय रहेको छ।

    images

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेको पहलमा तयार गरिएको भिडियोमा सबिना श्रेष्ठ मुख्य भूमिकामा देखिएकी छिन्।

    इनास यूकेकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्षसमेत रहेकी श्रेष्ठ यसअघि पनि विभिन्न नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन्।

    गीतको शब्द र निर्देशन सम्हालेका सञ्जय कँडेलले तीजको सांस्कृतिक पक्षलाई लण्डनको परिवेशसँग जोडेर प्रस्तुत गरेका छन्। सबिना श्रेष्ठको अभिनयले भिडियोको कथ्यलाई दृश्यात्मक रूपमा अघि बढाएको छ।

    गीतमा अञ्जना रिमालको स्वर र सुनिल राईको संगीत रहेको छ भने बिपिन ज्ञवालीले छायांकन गरेका छन्। भिडियोमा सञ्जय कँडेल, मञ्जु शाह, कृति श्रेष्ठ र निशा श्रेष्ठको समेत अभिनय रहेको छ।

    ग्लोबल पत्र मिडिया हाउसले बजारमा ल्याएको ‘लण्डन तीज’ आफ्नै युट्युब च्यानल ‘ग्लोबल पत्र ’मार्फत सार्वजनिक गरिएको हो।

    लण्डनमा छायांकन गरिएको भिडियोमा तीजको सांस्कृतिक माहोलसँगै नेपाली मौलिकता र प्रवासी परिवेशलाई प्रस्तुत गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend